चैत्र ५ – सर्वोच्च अदाललते भ्रष्टचारी ठहर गरि जेल पठाइएका पूर्व मन्त्री जयप्रकाश गुप्ता आफ्नो जेल सजाय पुरा गरेर आज जेल मुक्त भएका छन् ।

भ्रष्टचार गरे बापतको जेल सजाय पूरा गरेपछि आज ११ बजेपछि उनलाई जेल प्रशाशनले मुक्त गरेको हो । जेलबाट बाहिरिदै गुप्ताले भोलिदेखि संघीयताको लडाई नयाँ ढंगले सुरु हुने समेत बताए ।

गतवर्ष फागुन ९ गते सर्वोच्च अदालतले गुप्तालाई भ्रष्टचार गरेको ठहर गर्दै डेढ वर्षको कैद र ८४ लाख ९ हजार ९ सय २८ रुपैयाँ ७ पैसा जरिवाना तोकेको थियो ।

गुप्ता आफै अदालतमा उपस्थित भएर अदालतको फैसला मानेकाले कानुन अनुसार उनले पाएको कैद र जरीवानामा २० प्रतिशत छुट पाएका छन् । गुप्तालाई जेल सजाय सुनाइादा उनी तात्कालिन सूचना तथा सञ्चार मन्त्री र मधेसी जनअधिकार फोरम गणतान्त्रिका अध्यक्ष थिए ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।