चैत्र ३ – जनयुद्धकालमा युद्ध अपराध गरेको अभियोगमा बेलायतमा पक्राउ परेका नेपाली सेनाका कर्णेल कुमार लामा छुटेका छन् ।
विगत आठ सातादेखि बेलायतस्थित बेलमार्स कारागार राखिएका उनलाई धरौटीमा रिहा गरिए पनि उनले बेलायत छाड्न नपाउने शर्त समेत छ ।
लामालाई दश हजार पाउण्ड धरौटी र बेलायत छोड्ने नपाउने सर्तमा अदालतले रिहाइ आदेश दिएको हो । लामाको दश हजार पाउण्ड धरौटी र बेलायत नछोड्ने ग्यारेन्टी नेपाल सरकारले लिएको छ । अदालतले चाहेको बेला उनी हाजिर हुनु पर्नेछ ।
अदालतको आदेशबमोजिम लामाको प्लि केस म्यानेजमेन्ट हेयरिङ आगामी १० मेमा हुनेछ भने उनको अन्तिम सुनुवाइ आगामी ५ जुनमा हुने बताइएको छ ।
Comments