चैत्र १ – प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको अन्तरिम चुनावी मन्त्रिपरिषद्का विरुद्ध अहिले १२ बजेदेखि नेकपा–माओवादी सहित २२ दलले नेपाल बन्दको घोषणा गरेका छन् ।

चार दलले एकलौटी अन्य दलहरुको मागको वेवास्ता गर्दै निरंकुशता लाद्न खोजेको भन्दै उपत्यका बन्दको घोषणा गरेका हुन् ।

उनीहरुले पहिलेदेखि नै प्रधानन्यायाधीश नेतृत्व स्वीकार नगर्ने भन्दै २ पटक नेपाल बन्दको घोषणा समेत गरिसकेका छन् ।

त्यसो त रेग्मीले प्रधामन्त्रीको सपथ खाइरहँदा नेकपा–माओवादीसहितका साना २२ दलले शीलत निवासमा नाराबाजीसहित प्रदर्शन गरेका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।