फागुन २७ – स्थानीयसँग विवाद पछि चितवनमा सेनाले गोली चलाएको छ ।
चितवन निकुन्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको गस्ति टोलीले गएराति कावासोती गाविसमा गोली चलाएका हुन् ।
स्थानीयसँगको विवादमा सेनाले १५ राउण्ड हवाई फायर गरेको हो । सेनाले त्यहाँ गोली नै चलाएपछि स्थानीय भने त्रासित बनेका छन् ।
विवादपछि उत्पन्न झगडामा एक जम्दार सहित अर्का एक घाइते भएको बताइएको छ ।
निकुन्ज सुरक्षाका लागि खटिएको रणदल गुल्मका सिपाहिले सांझ ७ बजेतिर मुसहर बस्तिमा हवाई फायर गरेको छ ।
हवाई फायर पछि स्थानिय युवाहरु राति नै गाउ छोडेर भागेका छन् ।
स्थानियहरुले गस्तिमा आएको सेनाले मदिरा सेवन गरेर होहल्ला गरेपछि युवाहरुले प्रतिवाद गर्न खोज्दा सेनाले एक्कासी फायर खोलेको आरोप लगाएका छन् ।
Comments







