सोलुखुम्बु, २६ फागुन । जिरी–खुम्बु पर्यटकीय मार्गअन्तर्गत सोलुखुम्बुको भकाञ्जेस्थित गोयामको एक होटलमा भएको आगलागीमा करिब ४५ लाखको क्षति भएको छ ।
आगलागीबाट होटल भएको घर, होटलका अन्य सामाग्री, लत्ताकपडा, नगद, सुनसमेत गरी करिव ४५ लाखको क्षति भएको प्रहरीले अनुमान गरेको छ । गुदेल–५ सोलुखुम्बु स्थायी घर भई हाल गोयाममा होटल गर्दै आएका छिरिङ शेर्पाको होटलमा आगलागी भएको हो ।
आगलागीपछि शेर्पाको परिवार खुला आकासमुनि पाल टाँगेर बसेको छ । करिब तीन हजार ४०० मिटरको उचाइमा रहेको सो स्थानमा अहिले पनि करिब एक फिट हिउँ जमेको छ ।
गाउँलेले केही लत्ताकपडा र अन्नपात सहयोग गरेको भए पनि हिउँ जमेको चिसो ठाउँमा आफ्नो परिवार कष्टकर जीवन बिताइरहेको शेर्पाले बताउनुभयो । रासस
Comments







