प्यालेस्टाइनसँगको आजको खेलमा नेपालले बराबरी मात्रै खेल्न सक्दा एएफसी च्यालेन्ज कप ग्रुप डीको छनोट चरणबाट बाहिरिएको छ ।

आजको खेलमा बराबरी खेल पनि प्यालेस्टाइन भने गोल अंकको आधारमा अघिल्लो चरणमा प्रवेश गर्न सफल भएको छ ।

आजको खेलमा नेपालले खेल अवधिभर नै प्यालेस्टाइनलाई दबाबमा राख्न सफल भएपनि गोल भने गर्न सकेन । नेपालले अघिल्लो चरणमा प्रवेश गर्नका लागि आजको खेलमा ३ गोल गर्नै पर्ने बाध्यता रहेको थियो । तर ९० मिनेटको खेल ०–० मा टुंगिन पुग्दा नेपाल छनोट चरणबाट बाहिरिन पुगेको हो ।
च्यालेन्ज कप अन्तर्गत समूहमा शिर्ष स्थान ल्याउन सफल टोलि मात्रै अघिल्लो चरणमा प्रवेश गर्ने भएकाले समूह डीबाट प्यालेस्बटाइन अघिल्लो चरण प्रवेश गरेको हो ।

आजको खेल ६ बजेर १५ मिनेटमा सुरु हुने भनिए पनि रंगशालामा प्राविधिक कारण लाइट नपुगेपछि केही ढिला सुरु भएको थियो ।

त्यसो त खेलको २५ औँ मिनेटमा कर्नर हान्न गएका प्यालेस्टाइनी खेलाडीमाथि दर्शकहरुले प्रहार गरेको वस्तुले लाग्दा केही समय खेल बिथोलिन पुगेको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।