फागुन १९ – विराटनगरको सम्झना चोकस्थित एक घरबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरी हवल्दारसहित नौ जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

विराटनगर–६ स्थित कुमार वजिमयको घरबाट नगर प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीको एक टोलीले नेपाल प्रहरीको रानी गणमा कार्यरत प्रहरी हवल्दार तारा बस्नेतसहित नौ व्यक्तिलाई पक्राउ गरिएको नगर प्रहरीले जनाएको छ ।

पक्राउ गरिएको स्थलबाट प्रहरीले नगद रु ५६ हजार ६०० पनि बरामद गरेको छ ।

पक्राउ पर्नेहरुमा राम चौलागाईं, जीतकुमार बस्नेत, इस्तियाक मियाँ, नेपाली सहनी, भुवन श्रेष्ठ, जीवन थापा र नरहरि प्याकुरेल रहेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।