पाकिस्तानी मोडल विना मलिकले आफूलाई एक मिनेटमा १ सय ३७ पटक युवाहरुद्वारा चुम्बन गराउन सफल भएकी छन् ।

एक मिनेटमा ४१ जना युवाहरुले उनलाई १ सय ३७ पटक चुम्बन गरेसँगै चुम्बनको रेकर्डमा सलमान खनालाई पछि पार्न समेत उनी सफल भएकी छन् ।


यसअघि सलमानलाई १ मिनेटमा १०७ पटक बच्चाहरुले हातमा चुम्बन गरेर रेकर्ड राखेका थिए । विनाले आफ्नो जन्मदिनमा यो रेकर्डलाई तोड्दै नयाँ रेकर्ड राखेकी हुन् ।

आफ्नो नयाँ बलिउड फिल्म ुद सिटी नेभर स्लिप्सुको लागि नायकको खोजी गरिरहेकी विनालाई यो प्रतियोगितामा भाग लिन आएका ४१ पुरुषहरुले विनाको हातमा १ सय ३७ पटक चुम्बन गरेका हुन् ।

यो रेकर्डले विनाले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउने आशा गरेकी छिन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।