फागुन १६ – वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका एक नेपालीको बिरामीका कारण मृत्यु भएको छ ।

मलेसियाको क्वालालम्पुमा रहेको ‘द वेस्ट रेन्टल सर्भिस एचबिएनबिएचबी’ कम्पनीबाट भागेर अर्कै ठाउँमा काम गर्दै आएका खोटाङको खिदिमा–६ का २३ वर्षिय सिंह राज राईको त्यहाँ मृत्यु भएको हो ।
पेट दुख्ने र झाडापखाला लाग्ने लक्षण देदिएपछि उपचार भर्ना भएका उनको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको हो ।

उनको पहिचान खुलेकाले उनको शव नेपाल ल्याउने तयारी भईरहेको बताइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।