लाउँलाउँ र खाउँखाउँको ६ वर्षको कलिलो उमेरमा एक अवोध बच्चा अस्पतालको शैय्यामा जीवन मृत्युको संघर्ष गरिरहेकी छिन् । बागलुङ जिल्लाको भकुण्डे गाविस ६ निवासी तिलप्रसाद रिजाल र कान्ता रिजालकी ६ वर्षीय छोरी अंकिता रिजाल ब्लड क्यान्सरबाट पीडित भएर हाल भारतको राजधानी नयाँ दिल्लीस्थित एक अस्पतालमा उपचार गराईरहेकी छिन् ।

ब्लड क्यान्सर पीडित यी बालिकाको अभिभावक एक मध्यम वर्गीय नेपाली परिवार हुन् | उनको उपचारका लागि भारु १५ लाख भन्दा बढी खर्च लाग्ने उनी उपचाररत BLK Memorial Hospital ले जनाएको छ । यति धेरै रकम खर्च गरेर अंकिताका परिवारले आफ्नी प्राणप्यारी छोरीको उपचार गर्न असम्भवप्राय: छ | उहाँहरुले आफ्नो भएको जायजेथा र सबै सम्पति जम्मा गरेर अहिले उपचार गराइरहनु भएको छ ।
अंकिताको पढाईप्रति पनि निकै अभिरुची छ । तर यी बालिका अहिले मृत्युसंग संघर्ष गरेर बसिरहेकी छिन् । यो अवस्थामा हामी विश्वका कुना कुनामा छरिएर रहेका सबै नेपालीहरुलाई मानवीय सहयोगका लागि आग्रह गर्दछौं | तपाईंको सानो सहयोगले पनि अंकिताको उपचार गरी ज्यान बचाउन सहयोग पुग्दछ ।

हाम्रो मानवीय धर्म पनि हो आपतविपतमा परेका जोकोहीलाई सहयोग गर्नु । त्यसैले हामी अंकिताको उपचारका लागि सहयोगको हात बढाई उनलाई बचाउने प्रयासमा सहभागी भईदिनु हुन सबैलाई विनम्र अनुरोध गर्दछौं । तपाईंको सहयोगको लागि हामी आभार व्यक्त गर्दछौं ।

सहयोग कसरी गर्न सकिन्छ त ?
यो नम्बर ९८५७६२२५१९ अंकिताको मामाको हो । उहाँलाई फोन गरेर पनि जानकारी लिन सक्नुहुनेछ । त्यस्तै तपाईले आईएमी मार्फत अंकिताकी सानोममी सुनिता शर्मा बागलुङ भनेर पठाउन सक्नुहुनेछ । त्यस्तै, यदि तपाईले अंकिताकै बैंक खातामा डिपोजिट गर्न चाहनुहुन्छ भने निम्न ठेगाना रहेको छ:
Ankita Rijal
023900000014NPR
Bank of Kathmandu Nepal
(BOKLNPKA )

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।