फागुन १२ – पुर्वयुवराज पारस शाहको अवस्थाबारे विभिन्न प्रचार भएपछि अस्पतालले एक विज्ञप्ति जारी गर्दै उनको अवस्थाबारे प्रकाश पारेको छ ।

उक्त विज्ञप्ति अनुसार पारसको अवस्था अहिलेसम्म पनि स्थिर नै रहेको छ । स्रोतका अनुसार पारसको अहिले होस खुलेको छैन भने उनी खतरामुक्त पनि भईसकेका छैनन् ।

हिजो साँझ पारसको उपचाररत अस्पताल समिटिभेजका चिकित्सक कार्डियोलोजिस्ट डा. सायन चीपुडोमवित, डा. पारिन्य कुनवित र डा. कुन्चित पियभेचभिरातनाले संयुक्त रुपमा विज्ञप्ति निकालेर पारसलाई गम्भिर प्रकारको हृदयघाट भएको र उनको अवस्था स्थिर रहेको उल्लेख गरेका छन् ।

यसअघि हिजो दिनभरी नै पारसको अवस्थाबारे अनेक अड्कलबाजी तथा टिकाटिप्पणी भएका थिए । त्यस भ्रमलाई चिर्न अस्पतालले विज्ञप्ति जारी गरेको हो ।

यसैबीच,बीच, पारसलाई भेट्न श्रीमती हिमानी पनि थाईल्याण्ड पुगिसकेकी छन् । अहिले पारसको रेखदेख हिमानीले नै गर्न सुरु गरेको बताइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।