तिग्माङ्शु धुलियाको ‘साहेब बीवी और ग्याङगस्टर रिटर्न्स’मा बहिनी सोहा अली खान र इरफानको इन्टिमेन्ट र बोल्ड सिन देखेर दाई सेफ अली खान रिसले चुर भएका छन् ।

फिल्ममा इरफान खानका साथमा सोहाले केही बोल्ड सिनहरु दिन भ्याएकी छन् । सोही विषयमा नायक समेत रहेको दाईलाई तनाव उत्पन्न भएको हो ।

उनलाई सोहा र इरफानको बिचमा भएको यस प्रकारको अन्तरंग सीनले निकै चित्त दुखाएको बलिउडमा अहिले निक्कै चर्चा चलेको छ ।

बुलेट राजाको सुटिङका क्रममा उक्त फिल्मका केही सीन देखाएइको बताइएको छ । जहाँ बहिनी र इरफानको अन्तरङ्ग रहेको छ, सोही दृश्यमा सेफको चित्त दुखेको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।