बुवा त्यहि दिन मन्थिलीवाट घर जानुभएको थियो । २०५९ कार्तीक ७ गते बिहान ५ बजेतिर राजकुमार दाइ–राजकुमार दाइ भनेर बाहीरवाट बोलाए । सेनाले पुरै घर घेरीसकेको रहेछ । काम छ एकछिन उठ्नु न भने । हामी सुनीरहेका थियौं । बुवालाइ कपडा लगाउनुस मन्थली जानुपर्छ भने । बुवाले किन भनेर सोध्नुभयो । उनिहरुले काम छ मात्रै भने । बुवाले जुत्ता,हाफ पाइन्ट र टिसर्ट लगाएर झोला बोक्न खोज्दा तुरुन्तै फर्काइदिने भन्दै सामान बोक्न दिएनन । पक्रेपछि बुवालाइ बाँध्नका लागी डोरी खोजेका थिए तर आमाले दिनुभएन । ठुलो भाइ र म बुवाको पछि पछि गयौं । करिब ५०० मिटर पर पुगेपछि हामीलाइ लात्ताले हानेर फर्काइदियो ।
सेकेन्ड लेफ्टिीनेन्ट रणधिर राइको कमाण्डमा आएको सेनाको टोलीले बुवालाइ कुट्दै लगेर सालुको च्याँउके ठाँटि भन्ने ठाउमा गोली हानेर मारेछ । बेलुका रेडीयोले भिडन्तमा मारीएको भनेर भन्यो । सेनाले न लाश दियो न खबर । कुरा नसक्दै उमा के.सी अचानक भक्कानिइन । उनका बुवा राजकुमार के.सी त्यतिवेला रा.स.सका जागीरे र पत्रकार महासंघ रामेछाप शाखाका संस्थापक सदस्य थिए । युद्धकालिन समयमा राजकुमार जस्तै २६ पत्रकार मारिए । राज्यबाट १७ जना मारिए भने बिद्रोही बाट ९ जना । चित्रनारायण श्रेष्ठ,मिलन नेपाली लाइ युद्धकालमै बेपक्ता बनायो । गोर्खाका राजेन्द्र ढकाललाइ युनीफाइड कमाण्डले आबुखैरेनी बाट पक्रेर बेपत्ता बनायो । जनादेश साप्ताहीकका गोर्खा संवाददाता ढकाललाई तत्कालीन प्रमुख जिल्ला अधिकारीले जनार्दन नेपालले बेपत्ता पारेको भन्दै सर्वोच्चले उनलाई पक्रन आदेश दिएपनि त्यो आदेशको कार्यान्वयन भएको छैन । सर्वोच्चको आदेशको कार्यान्वयन गर्न दवाव दिनुको साटो केही मानवअधिकारवादी हरु आजभोली जनयुद्धकालीन समयमा बिद्रोही बाट हत्या गरीएका पत्रकारका मुद्धा मात्रै ब्युताउँदै हिंडेका छन् । त्यसो त जनयुद्धकालीन हिंसाका घटना सत्य निरुपण आयोग बनाएर हल गर्ने भनेर बृहद शान्ति सम्झौता र १२ बुँदेमा उल्लेख भएपनि कनक एण्ड कम्पनि का साझेदार हरु पुन:द्धन्द भड्काएर माओवादीको पत्तासाफ गर्ने दुष्प्रयासमा लागेका छन् । त्यसैको परिणाम स्वरुप डेकेन्द्र थापाको घटना एकाएक चर्चामा ल्याइयो । द्धन्दकालीन समयमा नन्दकुमार थापा,आधार,कुशल,अग्नि,विपना,दिवस हरुलाइ पनि राज्यले विभत्स हत्या गर्यो । गणितीय आंकडालाइ हेर्दा हालसम्म हत्या र बेपत्ता पारीएका २८ पत्रकारका परिवार सरकार सँग हिसाबकिताव खोज्ने तयारीमा छन् ।
२०५८ साल जेठमा प्रधानमन्त्रि शेरबहादुर देउवा,गृहमन्त्रि खुमबहादुर खड्का र गृहराज्यमन्त्रि देवेन्द्रराज कंडेलको योजनामा कृष्ण सेन इच्छुकलाइ पक्राउ गरीयो । उनको हत्यामा प्रत्यक्ष संग्लग्न रहेका प्रहरी एस.पी. अमरसिंह शाह हाल बिदेशमा मोजमस्ति गरेर बसेका छन् । कर्णेल कुमार लामालाइ लाग्ने अन्तर्राष्ट्रिय कानुनले अमरसिंहलाइ किन देखेन ? राजधानीको बत्तिसपुतली बाट पक्राउ परेका इच्छुक लाइ एकहप्ते निर्मम यातना पछि महेन्द्र पुलिस क्लवमा देउवा सरकारले हत्या गर्यो र उनको परिवारले लासमा दागवत्ति दने नैसर्गीक अधिकारबाट पनि बञ्चित गर्यो । ‘म अहिले पनि सत्य र हत्याराको कारबाही भएको दिनको प्रतिक्षामा छु’इच्छुककी श्रिमती तक्मा के.सीले भनिन । पुरानो अदालत बाट भन्दा पनि सत्यनिरुपण आयोग बनाएर द्धन्दकालीन घटनाको हल गर्नुपर्ने तर्क गर्छिन तक्मा ।
तत्कालीन जनादेशका प्रवन्ध सम्पादक रहेका मिलन नेपाली लाइ २०५६ जेठ ७ गते प्रहरीले सुन्धाराको टे:वहालबाट पक्राउ गरेर निलो भ्यानमा हालेर लग्यो । पक्रेको २० दिनपछि मिलनकी श्रिमती सबिता सुनेको आधारमा एकजना छिमेकीलाइ साथि लिएर पुलिस हेडक्वटर्स नक्साल पुगिन । हेडक्वार्टरको गेटमा उभिँदा पुलिसले पन्छाएपछि किराना पसलमा लुकेर हेडक्वार्टरमा हेरीरहिन । एकाएका उनका श्रिमान लाइ पुलिसले घेरेर ट्वाइलेट तिर लगेको देखिन र पुन:गेटको ड्युटीवाला लाइ सोधिन । ड्युटिवाला ले होइन भन्दै भोली आउन भन्यो । भोलिल्ट पनि भेट्न नपाएपछि पर्सिल्ट उनले लगीदिएको श्रिमानको कपडा प्रहरीले भित्र लग्यो र मिलनले लगाएको मैलो कपडा फिर्ता ल्याइदियो । यसरी उनि श्रिमान लाइ कपडा फेराउन सफल भइन । प्रहरीले फिर्ता दिएको कपडा प्रमाणको रुपमा लिएर पेसिको लागी सर्वोच्च पुग्दा सरकारवादी वकिलले न्यायाधित तिर हेरेर भने‘कपडाको प्रमाण सब वाहियात र भुट हो श्रिमान’ । न्यायाधिश ले मिलनको मुद्धा खारेज गरीदिए । उनि निन्याउरो अनहार लिएर इमाडोल तिर लागीन । ‘मेरो श्रिमान लाइ किन पक्रेको ? भन्ने प्रश्नको उत्तर चाहियो’सबिता नेपालीले भनिन् । तत्कालीन गृहमन्त्रि बामदेव गौतमको निर्देशनमा पक्राउ परेका मिलन हाल बेपत्ता पत्रकारको सुचिमा सिमीत भएका छन् ।
सिन्धुलीपोष्ट साप्ताहीकका प्रकाशक सम्पादक चित्रनारायण श्रेष्टको स्थिती हालसम्म गुमराहमै राखिएको छ । पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाका तत्कालीन सचिव कंचन प्रियदर्सी लाइ २०५९ बैशाखमा सरकारी सेनाले हत्या गर्यो । २०५८ साउनमा पक्राउ परेको एक साता सम्म निर्मम यातना दिएर झापाका पत्रकार देवकुमार आचार्यलाइ तत्कालीन सत्तासिनहरुले हत्या गरे । त्यतिवेलाको सरकार यति आतत्तायी थियो की जसले अपांग कलमजिवीलाइ पनि दुश्मन देख्यो । उसले कैलालीका अपांग पत्रकार विनोद चौधरी को पनि निर्संम्स हत्या गर्यो । नुवाकोटका कमल ऐसि र रुकुमका कार्टुनीष्ट चिन बहादुर बुढामगर लाइ पनि सरकारले नै घाँटि निमोठ्यो । दाङका हिरा बहादुर सारु लाइ हालसम्म सरकारी पक्षले नै बेपत्ता बनाएको छ ।
सरकारी पक्षवाट भएका हत्या र वेपात्ताका धेरै मुद्धा अदालत पुग्न सकेका छैनन । अदालत पुगेकाहरुको पनि अघि बढाइएको छैन । सरकारी पक्षले हत्या गरेका पत्रकार का पिडक लाइ पनि कारबाही हुनुपर्ने बताउँछ क्रान्तिकारी पत्रकार संघ सम्मेलन आयोजक समिती सदस्य गोबिन्द आचार्य । मुलुक शान्ति प्रक्रियामा प्रवेश गरेपछि द्धवन्दको नाममा डलरको खेती गर्न पल्केका हरु पुन:शान्ति भड्काएर मुलुकलाइ द्धन्दकै भुमरीमा धकेल्न लागीपरेका छन् । यो अभियान सफल भएमा केहि मुठ्ठिभर का परिवारलाइको खेती त फस्टाउलन तर देशलाइ ठुलो नोक्सान हुनेछ । डेकेन्द्र हरुको मात्रै होइन सबै पत्रकारका परिवारले न्याय पाउनुपर्छ । कनक एण्ड कम्पनि हरुले जवाफ दिउन माओवादीका पत्रकारको बगेको रगत चैं पानी र डेकेन्द्र हरुको रगत मात्रै रगत हो ?








