माघ २५ – महोत्तरीको धमौरा– ४ मा गएराति आगलागी हुँदा दस लाख बराबरको धनमाल क्षति भएको छ ।

धमौरा बजारमा रहेको कृष्ण यादवको ग्यास पसल र विजय यादवको किराना पसलमा राति करिब २ बजेको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आगलागीमा परी चार–पाँच वटा ग्यास सिलिन्डर– एक थान ल्यापटप, मसला पिध्ने मेसिन, ग्यास चूल्होलगायत दुईवटा घर र किराना पसलका लाखौँका सरसामान गरी रु. १० लाखको क्षति भएको प्रहरी नायब उपरीक्षक कुशलपुरुष ढकालले बताउनुभयो ।

रातिको बेला पसलहरू बन्द रहेको अवस्थामा विद्युत्को तार सर्ट भएर दुवै पसलमा आगलागी भएको पीडित पसलेहरूले बताएका छन् ।

आगलागी भएको करिब दुई घन्टापछि स्थानीय युवाहरू र नेपाल प्रहरीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो । रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।