माघ १३ – एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा प्रधानमन्त्री बाबुराम भट्टराईलाई विपक्षी दलका कार्यकर्ताले अवरोध गरेपछि भक्तपुरमा झडप भएको छ ।

एकीकृत नेकपा (माओवादी) को पाचौँ भक्तपुर जिल्ला सम्मेलनको उद्घाटनका लागि भक्तपुर प्रधानमन्त्री साथै अध्यक्ष दाहाललगायतका नेताहरुलाई विपक्षी दलका कार्यकर्ताले भक्तपुरको सल्लाघारीमा अवरोध गरेका छन् ।

सो क्रममा प्रहरी र विपक्षीदलका कार्यकर्ताबीच केहीबेर दोहोरो झडप भएको थियो । झडपमा परी नेपाली काँग्रेसका दुर्लभ थापा, पूर्ण विसुङ्खे, रमेश पौडेललगायत पाँचजना विपक्षी दलका कार्यकर्ता घाइते भएका छन् ।

त्यसपछि प्रधानमन्त्रीलगायतका नेताहरु पूरानो ठिमीहुँदै कार्यक्रमस्थल पुगेका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।