माघ १२ – बर्ड फ्लु सङ्क्रमणबाट पीडित व्यवसायी प्रेमकुमार मानन्धरलाई निम्बस सहयोगी हात संस्थामार्फत पशुसेवा विभागले क्षतिपूर्तिस्वरुप रु तीन लाख ४३ हजार २०० प्रदान गरेको छ ।
गत पुस १८ विभागबाट रोग नियन्त्रणका लागि परिचालित विशेष टोलीले व्यवसायी मानन्धरको फार्मबाट २६४० वटा लेयर्स जातको कुखुरा नष्ट गरेको थियो ।
विभागका महानिर्देशक नरबहादुर रजवार र प्रबन्ध निर्देशक आनन्द बगरियाले संयुक्त रुपमा व्यवसायी मानन्धरलाई राहत रकम प्रदान गर्दै क्षतिपूर्ति रकमले व्यवसायीलाई केही हदसम्म भए पनि राहत पुग्ने विचार व्यक्त गरे ।
संस्थाले गत मङ्सिरमा व्यवसायी मानन्धरलाई क्षतिपूर्ति दिने घोषणा गरेको थियो ।
Comments






