काठमाडौं
नेपाल बंगलादेश बैंकले आफ्नो सेयरधनीलाई १२ प्रतिशत बोनश दिने घोषणा गरेको छ । बैंकले आर्थिक बर्षको नाफाबाट १२ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंक सञ्चालक समिति बैंठकले सेयरधनीलार्इ १२ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ३.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेपनि राष्ट्र बैंकबाट स्वीकृत हुन र साधारणसभाबाट पारित हुन भने बाँकी छ ।
बैंकले प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाको कार्यकाल आगामी ४ बर्षका लागि थप गर्ने निर्णय समेत गरेको छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।