माघ – बुल्गेरियामा रहेको टर्की मूलका सीमान्तकृत मानिसहरुको प्रतिनिधित्व गर्ने पार्टीका नेता अमेड डोगनलाई भाषण गरिरहेकै बेला मञ्चमै गोली हान्ने प्रयास गरिएको छ ।

मञ्चमा भाषण गरिरहेको बेला उनलाई बन्धुकधारीले मञ्चमै पुगेर कन्चटमा पेस्तोल तेर्स्याएर गोली हान्ने प्रयास गरेका हुन् ।

नेता अमेड डोगनले पार्टीको सभामा भाषण गरिरहेका बेला एक २५ बर्षीय युवकले कन्चटमा गोली ताकिसकेको अवस्था रहेपनि गोली हान्नु अवागै ५८ बर्षीय नेताले प्रतिवाद गरेपछि त्यहाँ कुनै क्षति भने हुन पाएन ।

डोगन उक्त सभामा गरिरहेको भाषण भिडियो क्यामेरामा कैद भएकाले उक्त भिडियो यूट्युबमार्फत विश्वभर पुगेको छ ।

सन् १९९६ मा पूर्व प्रधानमन्त्री एन्डे्रई लुकानोभलाई गोली हानेर मारिएपछि नेतामाथि गरिएको यस आक्रमण पहिलो भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।