लक्ष्मी गौतम, माघ ५ – इलामको बाँझोमा शुक्रबार दिँउसो बस दुर्घटना हुँदा ३ जनाको मृत्यू भएको छ ।

झापा तोपगाछीकी १ वर्षीय प्रकीति लिम्वुको घटना स्थलमा नै मृत्यू भएको छ भने बाँझो ४ की ७० वर्षीय चन्देश्री लिम्बु र नाम थर खुल्न नसकेका एक पुरुषको दमक स्थित लाइफ लाइन अस्पतालमा उपचारको क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

दमकबाट रबि जाँदै गरेको मे १ ख ३८७ नम्मरको बस फाल्गुनन्द मार्ग अन्तरगत बाँझो ८ मा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएकाहरुको दमक स्थित लाइफ्लाइन अस्पतालमा उपचार भइरहेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।