माघ ५ – गत वर्षहरु भन्दा केही समय ढिला गरी राजधानीमा आज पानी परेको छ । राजधानीबाहेक देशका अन्य विभिन्न स्थानमा पनि पानी परिरहेको बताइएको छ ।

यसअघि मौसम पूर्वानुमान महाशाखाले आजदेखि पानी पर्ने अनुमान गरेको थियो ।
वायुमण्डलमा प्रवाह हुने हावाको गतिमा परिवर्तन आएकाले दुई तीन दिनसम्ममा पानी पर्ने सङ्केत देखिएको महाशाखाले जनाएको छ ।
महाशाखाका वरिष्ठ मौसमविद् राजेन्द्र श्रेष्ठले अहिले मुलुकको सुदूरपश्चिमी क्षेत्रबाट पानी पर्ने सङ्केत देखापर्दै गएकाले त्यसको असरले शुक्रबारसम्म काठमाडौँ उपत्यकामा पानी पर्ने र केही दिन चिसोमा वृद्धि भई त्यसपछि क्रमिक सुधार हुँदै जाने बताएका छन् ।
गत साता काठमाडौँ उपत्यकामा ‘माइनस’९ऋणात्मक० दुई डिग्रीसम्म तापक्रम घटी बढ्ता चिसोको अनुभव भएको थियो । पाँच वर्षपछि उपत्यकाको तापक्रम ऋणात्मक भएको महाशाखा अभिलेखले देखाएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।