नेकपा माओवादीको महाधिवेशनको पाँचौँ दिन आइतबार बन्द सत्र चलिरहेको बेला बिचमा उदघोषकले झँम्कार मगरलाई आफ्नो प्रस्तुति पस्कन आग्रह गरे ।

उनी सारंगीसहित अगाडी उपस्थित भए त्यसपछि उनले हलमा उपस्थितलाई लालसलाम गर्दै ‘कहिले हामी पूर्व कहिले हामी पश्चिम’ नामक गीत गाउन थाले । सोही क्रममा केही कलाकार क्षेत्रका प्रतिनिधिले त गीतमा नृत्य भरिरहेका थिए केही छिनमै केन्द्रिय सदस्य असारे काका पनि अग्र स्थानमा आएर ज्याकेट फुकालेर नाच्न सुरु गरे ।

सोही गीतमा केही छिनमै महाधिवेशनमा भाग लिन आएका विश्वभरका प्रतिनिधिहरु पनि नाँच्न सुरु गरे । तर उनीहरु आफैँ भने नाच्न सुरु गरेका होइनन्, एक सहभागीले आग्रह गर्दै हात अठ्याएर तानेपछि उनीहरु पनि हतार हतार ज्याकेट फुकाल्दै नाच्न सुरु गरेका थिए । गीत सिधिएपछि भने सबै जनाले मुठी उठाएर लाल सलाम गरेका थिए ।

यसरी नाच्नेहरुमा आरसिपी अमेरिकाका रोबर्ट, मास्कसिस्ट कम्युनिष्ट पार्टी इटालीका फ्लाओ, टर्की माओवादीकी लिना लगायत भाइचारा पार्टीका प्रतिनिधिहरु थिए । बन्द सत्रको बिच बिचमा माइला लामा, खुसीराम पाख्रिन, टेक बलम्पाखी लगायतले बेला बेला क्रान्तिकारी गीत सुनाईरहेका हुन्थे ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।