प्रस्तावित ५१ केन्द्रीय सदस्यमा ४३ जनाको नाम महाधिवेशनमा पढेर सुनाइएको छ भने बाँकी ८ जना पछि केन्द्रिय समितिले मनोनित गर्ने बताइएको छ ।
आज नाम पढेर सुनाइएकाहरु पूरानै ४३ जना रहेका छन् । पुराना केन्द्रीय सदस्यमध्ये कुमार दाहाल, कृष्णध्वज खड्का र रेखा शर्मालाई हटाइएको छ । नयाँ केन्द्रिय समितिको नाम प्रस्तुत गर्दै अध्यक्ष वैद्यले उनीहरुले पार्टीलाई सानो र सुस्च दुरुस्त बनाउन स्वइच्छाले बाहिर बसेर काम गर्न चाहेको बताए ।
माओवादीको प्रज्ञा प्रतिष्ठानमा जारी सातौँ महाधिवेशन सोमबार सकिने भनिए पनि नयाँ नेतृत्व विवादका कारण दुई दिन लम्बिएको हो ।
महाधिवेशनमा सहभागी प्रतिनिधिहरुले तीनसय बढी केन्द्रीय सदस्यको प्रस्ताव गरेपछि पदाधिकारी बैठक तथा केन्द्रिय समितिको बैठक बसेर ५१ सदस्यीय हुनुपर्ने प्रस्ताव अगाडि सारिएको बताइएको छ ।
परिषद भंग
दुई महिना अगाडी नै कार्यकर्तामाझ पेस गरिएको दस्तावेजमा परिषद बनाउने प्रस्ताव गरिए पनि कार्यकर्ताले परिषद हटाउन माग गरेपछि हिजै अध्यक्ष वैद्यले परिषद भंग भएको घोषणा गरेका छन् । सो सँगै माओवादीमा परिषद नबनाइने भएको छ ।