माघ १ – राजधानीमा जारी नेकपा–माओवादीको सातौँ महाधिवेशन भोलिसम्मका लागि लम्बिएको छ ।
नयाँ कार्यसमितिको चयन र राजनीतिक कार्यदिशालाई अन्तिम रुप दिने विषयमा थप छलफल आवश्यक भएको जनाउँदै नेकपा–माओवादीको जारी महाधिवेशन भोलिसम्मका लागि लम्ब्याएको हो ।
माओवादी आयोजक समितिले सोमबार साँझ सूचना जारी गरी भोलि बिहान ८ बजेसम्मका लागि महाधिवेशन स्थगित भएको जनाइएको हो । बन्दसत्रमा सहभागीहरुले पार्टी दीर्घकालीन जनयुद्धमा जानुपर्ने आवाज उठाएपछि सो विषयमा छलफल गर्नुपर्ने आवश्यक भएको पार्टी स्रोतले जनाएको छ ।
आजै स्थायी समिति र केन्द्रीय समितिको बैठकले उक्त विषयमा छलफल भएपनि अन्तिम टुङ्गो लाग्न नसकेपछि महाधिवेशन थप एक दिन लम्बिएको हो । यसअघि पुस २५ गतेदेखि सुरु भएको महाधिवेशन २९ गते सक्ने भनिएको थियो ।