पुस २९ – दण्डहिनतामा प्रधानमन्त्री बोर्ड प्रथम भएको भन्दै दाङका पत्रकारले प्रधानमन्त्रीलाई प्रशंशापत्र पठाएका छन् । 

दाङका पत्रकारले शैक्षिक क्षेत्रमा एसएलसी बोर्ड परीक्षामा बोर्ड प्रथम भएका वर्तमान प्रधानमन्त्री बाबुराम भट्टराई दण्डहिनतामा समेत बोर्ड प्रथम भएको भन्दै प्रशंशा पत्र पठाएका हुन् । आइतबार दिउँसो दाङका सहायक प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको हातबाट प्रधानमन्त्रीका लागि प्रशंसापत्र पठाएका हुन ।
प्रधानमन्त्रीले पत्रकारलाई जिउँदै गाड्नेमाथि सुरु भएको अनुसन्धान रोक्न दिएको आदेश प्रति विरोध जनाउँदै प्रशंशा पत्रको तयारी गरिउको छ । पत्रकारले बुझाएको प्रशंसापत्र लिदै रिजालले उक्त पत्र बारे प्रधानमन्त्री र गृहमन्त्रालयलाई जानकारी गराउँने बताएका छन् । 
प्रशंशापत्र बुझाउँन प्रजिअको कार्यलयमा पुगेका प्रेस चौतारी दाङ र पत्रकार महासंघ दाङ शाखाका पदाधिकारीले प्रधानमन्त्रीलाई अपराधीलाई कानुनी दायरामा ल्याएर कारबाही गर्ने प्रक्रियालाइृ नरोक्न समेत आग्रह गरेका छन् । 

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।