रमेश भट्टराई पुस २८ – शनिबार बिहान डोटीमा बस दुर्घटना हुँदा ३१ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

 जिल्लाको छतिवन गाबिस ९ को रुवसकाँडामा कर्णाली यातायतको ना ४ ख ३६०३ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा ३१ जनाको मृत्यु भएको हो भने १३ जना घाइते भएका हुन् । मृतक ३१ जनाकै सनाखत भएको छ ।

ज्यान गुमाउने हरुमा कैलाली भजनीका बस मालिक उज्जवल बुढा, चालक भजनीकै मख्खुराम चौधरी, सहचालक गणेश चौधरी रहेका छन् ।

यस्तै अछामको देवीस्थान ६ का कृष्ण खड्का, अछाम बैजनाथ ३ कि पवनादेवी शाह र कैलालीको धनगढी नगरपालिका ५ हसनपुरका गगन थापा, सोही ठाउकैै नरभुपाल शाह, अछामको सिद्धेश्वर गाविसका टंक बुढा, बिमल बुढा, कालागाँउका बहादुर सोडारी, कंचनपुर दैजी ६ पशुपति ठकुल्ला, उनकी छोरी रोशनी ठकुल्ला र बहिनी कल्पना ठकुल्ला रहेको प्रहरीले बताएको छ ।

यस्तै रामारोशन २ का शेर बहादुर साउँद, दर्नाका तपेन्द्र ठकुल्ला र कञ्चनपुर पुर्नबासका अहेव तुलाराम गिरीको पनि ज्यान गएको प्रहरीले जनाएको छ ।

त्यसैगरी अछाम कालागाउ ९ बस्ने चन्द्र सोडारी, अछाम कालीका २ बस्ने इन्द्र ढोली, अछाम वर्दादेवी ९ की देवसरा ठकुल्ला, डम्बरी कुमारी ठकुल्ला रहेका छन । त्यस्तै अछाम मलातिकोटका देवनन्द खनाल, सोही ठाउँका रमिला शाह, मंगलसेनका चन्द्रदेव रेग्मी, सिद्धेश्वरका विमल बुढा, दर्नाका खडक ठकुल्ला सोही ठाउँका भरत ठकुल्ला, चक्र ठकुल्ला, कमला ठकुल्ला, कम्मानसिंह ठक्कुला, चाफामाण्डौ मुजाबगरकी कमला रावल ( सोडारी) रंगीदेवी रावल र रुपबहादुर रावल रहेका छन् । बस बिहान २ बजेतिर दुर्घटनामा परेको थियो ।

घटनास्थलबाट माथी राजमार्गमा रहेको वुडर स्थित दंगा प्रहरी कार्यालयको परिसरमा ल्याएका ३१ श्वहरुको पोष्टमार्ट गर्दै केहिका आफन्तले शव बुझेका छन । कैलालीको धनगढी स्थित सेती अंचल अस्पतालबाट गएको स्वास्थ्यकर्मीहरुको एक टोलीले मृतकहरुको पोष्टमार्टम गरिरहेको थियो । घाइते १३ जना मध्ये २ को अत्तरिया स्थित पद्मा अस्पतालमा र बाकी सबैको नेपालगञ्जमा उपचार भइरहेको छ ।

घाइते अछामको कालीका –२ का २२ बर्षिय तपेन्द्र रावल, दर्ना २ का २५ वर्षिय गुलाबि रावल,उनकि २ वर्षिय छोरी मञ्जु रावल , दर्ना ९ का ४० वर्षिय पवित्रा बोहरा, हसुलिया १ का २९ बर्षिय किसोर चौधरी, कैलालीको टिकापुरका ३३ वर्षिय जनक रेग्मी, अछाम तिमिल्सैन–६ बस्ने ३५ बर्षीया भेसराज तिमिल्सीना र मंगलशैन ९ अछामका २५ वर्षिय नृप बिष्ट, ठेगाना नखुलेका मिनराज भट्टराई, मिन रावल, रामबहादुर महरालाई थप उपचारका लागि नेपालगंज रिफर गरिएको छ । कैलाली गदरीया ८ बस्ने १९ बर्षिय जय कुमार चौधरी र अछाम गाँजरी २ की ४४ वर्षिय इन्द्रसरा खड्काको भने अत्तरिया स्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ ।

बस अछामको जैगडबाट कैलालीको टीकापुरका लागि गयराती हिडेको थियो । घाइते गुलाबी रावलका अनुसार बसमा ४० ÷५० को संख्यामा यात्रुहरु थिए भने बत्ति निभाइएको थियो । बस एक्कासी खस्दाखेरी ठुलो उज्जालो देखिएको रावलले बताए ।

प्रहरीका अनुसार मृत्यु हुनेमा २३ पुरुष, ७ महिला र एकजना बालक रहेका छन । बाक्लो हुस्सु र सडकमा शित परेकाले बस चिप्लिएर खसेको हुनसक्ने प्रहरीको अनुमान रहेको छ । बस सडक भन्दा तिन सय मिटर तल खसेको थियो ।

डडेल्धुरामा ट्राफिक प्रहरीले ईन्ट्रि गर्ने समयमा २४ जना रहेको र बाटोमा ४८ जना यात्रु पुगेको कुरा बाहिर आएपनि यात्रुको संख्या भने मृतक ३१ र घाइते १३ गरी ४४ पुगेको छ ।

यस अघि पनि सोही क्षेत्रमा माईक्रो बस दुर्घटना सहित अन्य दुई वटा सवारी दुर्घटना घटेका थिए । माइक्रो बस दुर्घटनामा १२ जनाको मृत्यु भएको थियो । प्रहरीका अनुसार भिमदत्त राजमार्गमा यहिले सम्म घटेका सवारी दुर्घटना मध्येको यो दुर्घटना ठुलो हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।