कुनै कुनै बखत निक्कै हट फोटो सुट गरेर चर्चामा आईरहने कलिउड मोडल किम कार्दासियनलाई अहिले गर्भवती भएकै अवस्थामा पनि करोडौको अफर आएको छ ।

उनलाई गर्भवती महिलाको लागि माई प्रगनेन्सी डटकम नामक वेबसाइट सञ्चालन गर्नको लागि किमलाई २५०,००० डलरको प्रस्ताव आएको हो ।

किमलाई यो प्रस्ताव अरमेनियाई फिल्म निर्माता डेविड डजिन्गवेरियनले दिएको हो ।

तर यो प्रस्तावमा किमले भने कुनै प्रतिक्रिया नदिएको जनाइएको छ । पहिलो पटक आमा बन्ने भएकी किमले यो प्रस्ताव स्वीकार गर्छिन् कि गर्दिनन् भन्ने कुनै जानकारी नआए पनि आफ्ना प्रेमी केन्या वेस्टको बच्चालाई जन्म दिने भएकी किम र वेस्टले आफ्नो पहिलो अनुभव प्रसंशकबीच बाँड्ने योजना भने बनाइरहेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।