पुस २३ – स्याङ्जाको फापरथुम गाविसमा रहेको चण्डीमाई आमा समूहको अगुवाइमा सो गाविसको वडा नम्बर ७, ८ र ९ लाई जुवातास र मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ ।
स्थानीय क्लब तथा सर्वसाधारणको सहभागितामा ¥याली निकालेर ती वडामा जुवातास र मदिरा निषेधित क्षेत्र घोषणा गरिएको आमा समूहकी कार्यवाहक अध्यक्ष चन्द्रकला ढकालले जानकारी दिइन् । आमा समूह तथा गाउँले सहभागी रहेको झन्डै १०० जनाको ¥यालीले विभिन्न प्लेकार्डसहित गाउँ परिक्रमा गरेको थियो ।
निषेधित क्षेत्रमा जुवातास खेल्ने वा जाँडरक्सी सेवन गर्नेलाई आमा समूहले पहिलोपटक रु ५००, दोस्रोपटक रु एक हजार र तेस्रोपटक जरिवानासहित समातेर प्रहरीकहाँ बुझाउने नियम बनाएर जुवातास तथा मदिरा निषेधित क्षेत्र घोषणा गरिएको समूहकी सचिव रेखा ढकालले बताए ।
Comments