पुस २० – झण्डै १७ बर्षपछि शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयमा रिक्त रहेका पदमध्ये १२ हजार ८ सय ९० दरबन्दीमा स्थायी पदपुर्तिका लागि खुल्ला विज्ञापन गरेको छ ।

सरकारले २०५२ सालयता खुला प्रतियोगिताबाट शिक्षक नियुक्ति गरेको थिएन । १७ बर्षपछि गरिएको विज्ञापनबाट सामुदायिक विद्यालयमा प्रतिष्पर्धाका माध्यमबाट योग्य, सक्षम र शिक्षण पेशमा प्रतिवद्ध शिक्षकको व्यवस्था भई गुणस्तरीय शिक्षाका लागि योगदान पुग्ने आयोगले अपेक्षा गरेको छ ।

आयोगका प्रशासकीय अधिकृत खगेन्द्र नेपालले गत २०६३ बैशाख १० गतेसम्म अस्थायी शिक्षकहरु कार्यरत रहेका पदहरु यथावत् राखी त्यसपछिका रिक्त पदमा विज्ञापन गरिएको जानकारी दिए ।

आयोगका अनुसार माध्यामिक तहमा दुई हजार २ सय ७६, निम्न माध्यामिक तहमा २ हजार ७ सय ६७ र प्राथमिक तहमा सात हजार ८ सय ७७ पदमा विज्ञापन गरिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।