काठमाडौँ, २३ भदौ ।

नेपाल आइडल विरुद्ध अदालतमा परेको मुद्धा खारेज भएको छ । अधिवक्ता यज्ञमणि न्यौपानेले नेपाल आइडलविरुद्ध दर्ता गरेको उजुरीलाई शुक्रबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिवाकर भट्टको एकल इजलासले खारेज गरेको हो ।

बुधबार मात्र जिल्ला अदालत काठमाडौंले ‘नेपाल आइडल’ सम्बन्धी कार्यक्रमको मतगणना शुक्रबारसम्मका लागि अघि नबढाउन एपी वान टेलिभिजनलाई आदेश दिएको थियो ।

अदालतमा मुद्धा परेसँगै बिहीबार नै नेपाल आइडल टिमले यो हप्ता भोटिंग नगर्ने र अघिल्लै हप्ताको भोटिंगको आधारमा नतिजा सार्वजनिक गर्ने घोषणा गरिसकेको छ ।

अपडेट
नेपाल आइडलबाट बिदा भए सागर आले, अब निशान, बुद्ध र प्रतापको फाइनल भिडन्त

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।