पुस १७ – सिरहाकी एक युवती बाख्रा चराउन गएको समयमा बलात्कृत भएकी छन् ।

वडा प्रहरी कार्यालय लहानका अनुसार सोमबार दिउँसो घरबाट बाख्रा चराउन गएकी ती युवतीलाई गाउँकै दुई युवकले बलात्कार गरेको राससले उल्लेख गरेको छ ।

प्रहरी निरीक्षक ढकेन्द्र खतिवडाले बलात्कारी फरार भएकाले मातहतको इलाका प्रहरी कार्यालय धनगढीलाई समेत परिचालन गरी खोजी भइरहेको जानकारी दिए ।
बलात्कृत युवतीलाई अभिाभावकको जाहेरी दर्तापछि राति १० बजेतिर वडा प्रहरी कार्यालय लहान झिकाएर आज बिहान स्वास्थ्य परीक्षणका लागि राजविराजस्थित सगरमाथा अञ्चल अस्पताल लगिएको प्रहरी निरीक्षक खतिवडाले जनाएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।