पुस १६ – सर्वोच्च अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त भएका दिगम्बर झालाई नियुक्त नगराउन अन्तरिम आदेश जारी गरेको छ ।

मन्त्रिपरिषदले नियम विपरित नियुक्त गरेको भन्दै झाको नियुक्तीका विषयमा अध्यक्षमा दाबेदार विश्वनाथ गोयल र जगन्ननाथ मिश्रले छुट्टा छुट्टै रिट दायर गरेका थिए।

सो रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गर्दै झाको नियुक्ति कार्यान्वयन नगराउन आदेश दिएको हो ।

रिटको सामुहि सुनुवाइ गर्दै न्यायधिशद्वय कल्याण श्रेष्ठ र सुशीला कार्कीको संयुक्त इजालशले मन्त्रिपरिषद्को झालाई जिएममा सिफरिस गर्ने निर्णय तत्काल कार्यन्वयन नगर्न सरकारका नाममा आदेश दिइएको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।