पुस १४ – देशका विभिन्न भागमा चरणवद्ध रुपमा महिला हिंसाका घटना दोहोरिरहेका बेला पुनः दैलेखमा एक महिलालाई आफ्नै श्रीमानले जिउँदै जलाएर हत्याको प्रयास गरेका छन् ।
दैलेख जिल्ला नारायण नगरपालिका ६ का कमारो सार्किले आफ्नी श्रीमती चावली सार्किलाई जिउँदै जलाएर हत्याको प्रयास गरेका हुन् ।
श्रीमानको उक्र क्रियाकलापबाट चावली घाइते भएकी छन् । घाइते भएकी चावलीलाई तत्कालै जिल्ला अस्पताल दैलेख पुर्याएर उपचार गरिरहेको बताइएको छ ।
शिवा हासमी, विन्दुकुमारी ठाकुर हुँदै आज चावलीलाई जिउँदै जलाइएको हो ।
छिमेकी मुलुक भारतमा पनि केही दिनअघि सामूहिक बलात्कारको शिकार भएकी दामीनीको आजै सिंगापुरमा उपचारकै क्रममा मृत्यु भएको थियो ।
भारतमा भने उक्त घटनाले सनसनी मच्चाए पनि नेपालमा भने पटक पटक महिला हिंसा दोहोरिरहँदा पनि सरकारले जति उत्सुकता देखाएर दोषीलाई कारबाही गर्नु पर्ने हो त्यो हुन सकेको छैन ।