पुष १० – फिलिपिन्सका प्रमुख कम्युनिस्ट नेता फाइलमोन मेन्ड्रेजलाई मङ्गलबार पक्राउ गरिएको छ ।
यसअघि यी व्यक्तिलाई पक्राउ गर्नेलाई एक लाख २८ हजार अमेरिकी डलर पुरस्कार दिने घोषणा सरकारले गरेको बताइएकोमा पक्राउ परेको त्यहाँको सैनिकले जनाएको छ ।
फिलिपिन्समा मेन्ड्रेज सबैभन्दा खोजिएका छैठौ व्यक्ति रहेका थिए र हाल सरकार तथा विद्रोहीबीच उच्चस्तरीय वार्ता भइरहेको समयमा उनलाई पक्राउ गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
हाल उक्त मुलुकमा क्रिसमसको अवसरमा युद्धविराम भए पनि मेन्ड्रेजलाई पक्राउ गरिएको हो ।
न्यु पिपुल्स आर्मी (एनपीए)का नेता मेन्ड्रेजलाई हिरासतमा राखिने र अदालती कारवाही चलाइने जानकारी सेनाले दिएको छ । उनीमाथि लगाइने फौजदारी अभियोगको विषयमा जानकारी दिइएको छैन ।
यसअघि गृहमन्त्रालयले मेन्ड्रेजलाई पक्राउ गर्ने व्यक्तिलाई ५२ लाख ५० हजार पेसो पुरस्कार दिने घोषणा समेत गरेको थियो ।