पुस १० – काठमाडौँमा फेरि पनि बर्डफ्लूको संक्रमण फेला परेको छ । काठमाडौँस्थित रामकोट ६ मा बर्डफ्लू फेला परेपछि संक्रमित कुखुराहरु नष्ट गर्ने कार्य थालिएको छ ।

विशेषज्ञ सहितको सरकारी टोलीले कुखुरा नष्ट गर्न लागेको पशु स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । रामकोटको मञ्जुश्री पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लुको पुष्टी भएपछि नष्ट गर्न लागिएको निर्देशानालयको भनाई छ ।

पंक्षी पालन तथा ओसारपसारमा संलग्नहरुलाई सरकारी नियम पालना गर्न पनि विभागले सचेत गराएको छ ।

यसअघि केही दिन अघि मात्रै धादिङको धार्केमा पनि कुखुरामा बर्डफ्लु देखिएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।