काठमाडौं २१ भदौ

विगत ४० वर्षदेखि पत्रकारितामा सक्रिय भारतकी वरिष्ठ पत्रकार गौरी लंकेशको हत्या भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी राजपाको विपक्षीमा चर्को कलम चलाउने उनको बैंङ्लोरमा गोली हानी हत्या भएको हो ।

एनडि टिभीका अनुसार उनलाई ७ गोली प्रहार भएको थियो । जसमध्ये ३ गोली उनको छातीमा लागेको छ ।
उनको हत्याको विश्वभरबाट आलोचना भईरहेको छ ।

यसैबिच, काठमाडौंका माइतीघरमा आज उनको हत्याको विरोधमा प्रदर्शन तथा उनीप्रति समवेदना कार्यक्रम हुने भएको छ । सामाजिक सञ्जालमा दिउँसो तीन बजे माइतीघरमा भेला भएर प्रदर्शन गर्न ट्रेडिङ चलिरहेको छ ।

‘लंकेश’ पत्रिकाको सञ्चालिका रहेकी उनी ४० वर्षदेखि पत्रकारितामा सक्रिय रहँदै आएकी थिइन् । चलचित्र निर्माता गौरीका पिता पी लंकेशले सन् १९८० देखि ‘लंकेश’ पत्रिकाको प्रकाशन शुरु गरेका थिए ।

५५ वर्षीया गौरी मंगलबार साँझ आफ्नो घरतर्फ जाँदै गर्दा अज्ञात व्यक्तिले गोली प्रहार गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मोटरसाइकलमा आएका व्यक्तिले उनको टाउको र छातीमा गोली हानेर हत्या गरी फरार रहेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।