पुस १ – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार बेलुकासम्म राजनीतिक सहमति जुट्ने बताएका छन् ।

राष्ट्रपति डा रामवरण यादवसँग आज बिहान राष्ट्रपति भवन शीतल निवासमा भएको छलफलपछि अध्यक्ष दाहालले सोमबार बेलुकासम्म राजनीतिक सहमति जुट्ने दाबी गरेका हुन् ।

उनले अब देश राजनीतिक सहमतितिर गएको र भोलि बेलुकासम्म टुङ्गोमा पुगिने पनि जनाए ।

राष्ट्रपति डा यादवले सहमतिको सरकारका लागि पछिल्लो पटक दिएको समयसीमा सकिनु अघिल्लो दिन अध्यक्ष दाहाल र राष्ट्रपतिबीच आज छलफल भएको हो ।

भेटमा अध्यक्ष दाहालले नेपाली काँग्रेस, नेकपा एमाले, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र अन्य दलहरूसँग भएको छलफलबारे राष्ट्रपति डा यादवलाई जानकारी गराएका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।