विष्णु प्रसाद खनाल, अष्ट्रेलिया – उच्च शिक्षा अध्ययनको लागि राम्रो गन्तव्य मानिने अष्ट्रेलियाको भिक्टोरिया प्रान्तमा पर्ने बालाराट विश्वविद्यालयबाट स्नातक तहको अध्ययन समाप्त गरेका करिव ६० नेपाली विद्यार्थीहरु दिक्षित भएका छन् ।
अष्ट्रेलियामा उच्च शिक्षाको लागि गुणस्तरिय रुपले अव्वल रहेको मेलर्वन शहरको नजिक पर्ने सो विश्वविद्यालयमा नेपाली विद्यार्थीहरुका अभिभावकहरुलाई पनि सहभागिता गराईएको थियो ।
समारोहमा आफनो नेपाली विद्यार्थीहरुलाई दिक्षित भएको देख्दा अभिभावकहरु अत्यन्तै हर्षित देखिन्थे । दिक्षान्त समारोहमा अभिभावकको तर्फबाट उक्त समारोहमा सहभागिता जनाउन पुग्नुभएका अर्घाखाँची सन्धिर्खक ९ का बौदिक व्यक्तित्व द्धय बुद्धि बहादुर रायमाझी तथा विजुला रायमाझीले सो विश्वविद्यालयमा अध्ययनरत अन्य विद्यार्थीहरु भन्दा नेपाली विद्यार्थीहरुले मेहनत र इमान्दारिताका कारण उत्कृष्ट नतिजा र प्रगति गरेकोमा खुशि व्यक्त गर्नुभयो ।
श्री भगवती उच्च माविका प्राध्यापक द्धयले सो युनिभर्सिटीका प्राध्यापकहरुसँग अष्ट्ेलियामा नेपाली विद्यार्थीहरुको स्थिति र सो दिक्षान्त समारोहका सम्वन्धमा छलफल गर्नुभएको थियो ।
छलफल पश्चात नेपाली अभिभावकका तर्फबाट बोल्दै श्री बुद्धि बहादुर रायामाझी तथा विजुला रायमाझीले नेपाली विद्यार्थीहरु मेहनती इमान्दार र अध्ययनशिल भएका कारण राम्रो नतिजा पाउन सफल भएको कुरा बालाराट विश्वविद्यालायका प्राध्यापकहरुबाट बताएको कुरा बताउनुभयो ।