मंसिर २९ – ब्लड क्यान्सर पीडित नेपाली एक महिलाको कुवेतमा निधन भएको छ ।
कुवेत शैखा बद्रीया अलसवा अस्पतालमा ब्लड क्यान्सरको उपचार गराइरहेकी नेपाली महिला सबिता आले मगरको गएराति त्यहाँ निधन भएको हो ।
दैनिक १५ पोका रगतको आवश्यकता पर्ने अस्पतालले जानकारी गराएपछि केहि दिन पहिला मात्र सविताको जीवनरक्षाको लागि रक्तदान गर्न नेपालीलाई त्याहाँको नेपाली दुतावासले अनुरोध गरेको थियो ।
सवितालाई बचाउनका लागि त्याहाँ कार्यरत नेपालीहरु आज बिदाको दिन पर्ने भएकोले रक्तदान गर्न ब्लड बैंकमा जाने तयारीमा थिए ।
नेपालको ताप्लेजुङ जिल्ला चागे १, का बखत बहादुर आले मगरकी छोरी सविता आले मगर बैदेशिक रोजगारीका लागि पुगेकी थिइन् ।
Comments








