सामाजिक सञ्जाल ट्विटर, फेसबुक तथा इन्टरनेटमा डढेलो फैलिए झैँ फैलिएको गङनम स्टाइल गीतले यतिबेला विश्व सांगितिक फाँट तातेको छ ।

विश्व संगीत बजारमा चर्चाको शिखरमा पुगेको उक्त भिडियोलाई नबुझ्नेले समेत भिडियो पृथक् शैलीको रहेकाले मनमा राख्न बाध्य भए । जुन भिडियो भने यही होः

ङनम स्टाइल कोरियाको एउटा चर्चा बटुल्दो र त्यहाँको प्रचलित शब्द हो, जसले दक्षिण कोरियाको सिओलस्थित गङनम जिल्लाका धनाढ्य व्यक्तिहरू बस्ने क्षेत्रलाई संकेत गर्दछ ।
‘गङनम स्टाइल’ एक नृत्य–गीत हो, जसको लेखन र प्रस्तुति कोरियन कलाकार पार्क जइ सुङ (मनोचिकित्सक) ले गरेका हुन् । उक्त गीत धेरैले नबुझे पनि म्युजिक र पृथक डान्स भएकाले धेरैले मन पराएका हुन् । झनै पछिल्लो समय उक्त गीतमै नाच्दानाच्दै एक जनाको मृत्यु भएपछि गीतले झनै चर्चा पाएको छ ।
अमेरिकी राष्ट्रपति बाराक ओबामा र संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनले पनि सो ‘स्टाइल’मा हात र कम्मर हल्लाइसकेका छन् । अहिले त सो स्टाइल युवादेखि प्रौढसम्म लोकप्रिय भइसकेको छ ।
जे होस् चर्चा पाएरै होला सोही गङनम स्टाइल गीतसँग जोडेर अमेरिकी राष्ट्रपति बाराक ओबामा स्टाइल भनी यसरी बनाइएको छ । जुन भिडियो हामीले युट्युबमा फेला परेका हौँ ।

माथिको भिडियो हेर्दा साँच्चि नै राष्ट्रपति त उनकी श्रीमतीले पनि अभिनय गरे झैँ देखिएपनि उक्त भिडियो एनिमेशन गरेर बनाइएको हो । जहाँ गङनम स्टाइलसँग मिल्ने गरी बनाइएको छ ।
उक्त भिडियो नै यू ट्युबमा सबैभन्दा बढी पटक हेरिएको भिडियो बन्न सफल भएको छ । त्यसबाहेक यस भिडियोले यू ट्युबमा सर्वाधिक संख्यामा ‘लाइक’ पाएर विश्व कीर्तिमान नै कायम गरेको छ । सोही भिडियोको नक्कल गरेर कम्प्युटर एनिमेशन तथा नक्कल गरेर विभिन्न स्टाइल समेत गरिएका छन् जु तल रहेका छन् :
Mitt Romney Style (Gangnam Style Parody):

Oppan China Style:

Baby Dancing Gangnam Style

र हुँदाहुँदै नेपालमा भने ग्यानपु स्टाइल बनेछ जुन यस्तो छः

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।