मङ्सिर २७ – जङ्गली बँदेल गाउँ पसेर आक्रमण गर्दा पश्चिम चितवनको मेघौलीमा चारजना स्थानीयवासी घाइते भएका छन् ।

नजिकैको जङ्गलबाट मंगलबार दिउँसो गाउँ पसेको बँदेलले आक्रमण गर्दा मेघौली–१ बस्ने ७२ वर्षकी गौमती सापकोटा, ५५ वर्षीय कृष्ण सापकोटा, ३५ वर्षीय रामु बोगटी र १८ वर्षीय रमेश सापकोटा घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घाइतेमध्ये गौमती र कृष्णको भरतपुर अस्पताल र बाँकी दुईजनाको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।

यस्तै चारजनालाई आक्रमण गरी घाइते बनाउने बँदेललाई पनि स्थानीयले नियन्त्रणमा लिने क्रममा कुटेर मारेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।