मंसिर २६ – आफूलाई गालामा थप्पड हान्ने पदम कुँवरको धरौटी वापतको २८ हजार स्वयम् एमाओवादी अध्यक्ष प्रचण्डले नै तिरिदिने खबरप्रति उनका आफन्त भने अनविज्ञ रहेका छन् ।

पदम पक्राउ परेदेखि नै उनको बारेमा रेखदेख गर्दै आएका पदमका भिनाजु भीम भारतीले प्रचण्डले उक्त धरौटी वापतको रकम आफैँ दिने भन्ने विषयमा आफूलाई र पदमका कुनै पनि परिवारलाई थाहा नभएको जानकारी दिए ।

उनले टेलिफोन सम्पर्कमा भीम भारतीले भने– ‘हामीलाई देश विदेशबाट सहयोग जुटिसकेको छ, तर प्रचण्डले उक्त रकम दिएर छुटाउने भन्ने कुरा मलाई थाहा छैन, पदमका अरु कोही आफन्तलाई पनि थाहा छैन ।’

उनले प्रचण्डले पदमप्रति सहानुभूति राखेर छुटाउन चाहने भए हिजै छुटाउनुपर्ने भन्दै देश विदेशबाट सहयोग भएपनि लाजले यसो भनेको हुनसक्ने बताए ।

तर प्रचण्डले सहयोग गरेमा पदमका बुवा ममी लगायतसँग छलफल गरेर लिने कि नलिने भन्ने विषय टुंग्याउने बताए । त्यसरी प्रचण्डले नै सहयोग गर्छन भने हामी सबै परिवार सल्लाह गर्छौ अनि के गर्ने भन्ने भन्छौँ नि पदमका भिनाजु भारतीको भनाई छ ।

२८ हजार माग गरिएको धरौटी तिर्न नसकेपछि कुँवरलाई हिजो केन्द्रीय कारागार पठाइएको थियो। हिजै विभिन्न ठाउँबाट उनका लागि २८ हजार भन्दा बढी सहयोग रकम जुटेको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।