मङ्सिर २३ – भक्तपुर दुवाकोट गाविस–८ सरस्वतीखेलमा सञ्चालित बालुवाखानीमा पुरिएर आज बिहान १० बजेतिर दुई जनाको मृत्यु भएको छ ।

बा२ख ९९२५ नम्बरको मिनी ट्रकमा बालुवा भर्ने क्रममा माथिबाट आएको बालुवाको ढिस्कोमा पुरिएर चालक ध्रुव केसी र ज्यामी बद्रीबहादुर कार्कीको मृत्यु भएको हो । उनीहरु दुवै रामेछाप जिल्लावासी भएको थाहा भएको छ ।

घटनालगत्तै गम्भीर घाइते भएका दुवैलाई नागरिक अस्पताल गठ्ठाघरमा उपचारार्थ लगिएकामा उपचारको क्रममा दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ । दुवैको शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ । रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।