रसुवा, १६ भदौ । वर्षाका कारण गएराति पहिरो जाँदा अवरुद्ध पासाङ ल्हामु राजमार्ग खुलाउने प्रयास शुरु भएको छ ।

प्रजिअ हिरादेवी पौडेलका अनुसार कालिका गाउँपालिका–१ मूलखर्कमा बन्द भएको राजमार्ग यथासक्य छिटो खुलाउन डोजर परिचालन गरिसकेको छ ।

राजमार्ग आज दिनभरिमा खुलाउने लक्ष्य लिइएकाले गन्तव्यसम्म पुग्ने कुनै पनि सवारीसाधन हल्लाको भरमा नरोक्न सबै यातायात व्यवसायीलाई आग्रह गरिएको रसुवा हेर्ने डिभिजन सडक कार्यलय, नुवाकोटले जानकारी दिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।