असोज ३० – रौतहट जिल्लामा मात्रै ४९ जना जना एचआइभी सङ्क्रमित फेला परेका छन् ।

एचआइभी एड्स रोकथामका लागी काम गर्दै आएको अरुणोदय युवा क्लबले जिल्लामा सो संख्यामा एचआईभी एड्स संक्रमित रहेको जनाएको हो ।

जिल्ला एड्स समन्वय समितिका कार्यक्रम संयोजक अस्मिनहरि भट्टराईले जिल्लामा अहिलेसम्म ४९ जना एचआइभी सङ्क्रमित सार्वजनिक भएका जनाए ।

सेभ द चिल्ड्रेनका कार्यक्रम अधिकृत दिलबहादुर खड्काले हाल विश्वमा तीन करोड ४२ लाख एचआइभी सङ्क्रमित रहेकामा नेपालमा १९ हजार ११८ रहेको बताए । विभिन्न गैरसरकारी सङ्घसंस्थाले भने हाल नेपालमा ५० हजार १०० एचआइभी सङ्क्रमित रहेको बताउँदै आएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।