अन्तर्राष्ट्रिय क्रिकेटर क्रिस गेलको कोठामा ३ बेलायती युवती फेला परेपछि उक्त घटनाले निक्कै ठूलो तहल्का पिटेको छ ।

ट्वान्टी–२० विश्वकप क्रिकेट खेल्न श्रीलंकामा रहेको वेष्ट–इन्डिज टोलीका सदस्य रहेका गेलको कोठामा छापा मार्दा तीन बेलायती युवती पक्राउ परेका हुन् ।

वेष्ट–इन्डिज टोली स्थानीय होटल सिनामेनमा बसेको छ ।

गेलको कोठामा ३ युवतीको साथमा टोलीका सदस्यहरु एंड्रयु रसेल र एडवर्ड पनि साथमा रहेको बताइएको छ ।

यता, आईसीसीले पनि यो मामिलामा कुनै प्रतिक्रिया जनाएको छैन भने कुनै मुद्धा पनि दायर गरेको छैन । प्रहरीले सामान्य जाँचपड्तालपछि युवतीहरुलाई छाडिदिएको तर युवतीहरुलाई आवश्यक परेको खण्डमा हाजिर हुनेगरी छोडेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।