सोमबार सुन र चाँदी दुबैको मूल्य घटेको छ । साेमबार सुनका मूल्य तोलामा १ हजार रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको लागि छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार रुपैयाँ र तेजाबी सुनको लागि प्रतितोला ८८ हजार ५५० रुपैयाँ तोकिएको छ ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ८९ हजार ५०० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ। यस दिन चाँदी अघिल्लो दिनको तुलनामा तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १ हजार २१५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार २४० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।