मंगलबार सुनको भाउ समान्य बढेको छ भने चाँदीको भाउ घटेकाे छ । अाज सुनका मूल्य तोलामा २०० रुपैयाँले बढेकाे छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको लागि छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार २०० रुपैयाँ र तेजाबी सुनको लागि प्रतितोला ८८ हजार ७५० रुपैयाँ तोकिएको छ ।
साेमबार छापावाला सुन प्रतितोला ८९ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ८८ हजार ५५० रुपैयाँमा खरिद बिक्री भएको थियो ।
यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ । यस दिन चाँदी अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २०५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार २१५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।
Comments







