असोज १५ – सीता एयरको विमान एक विमान दुर्घटना भएको केही दिन बित्न नपाउँदै आज यति एयरको एक जहाज दुर्घटनाबाट बचेको छ ।

पोखरबाट काठमाडौंका लागि उडेको यति एयरलाइन्सको एक विमान चरासँग ठोकिएपछि उक्त विमानलाई पुनः पोखरा नै फर्काएर सुरक्षित अवतरण गरिएको छ ।

सोमबार दिउँसो ३:३९ मा उडेको विमान चरासँग ठोकिएको खबर आएपिछ ३:४५ मा पोखरामै आकस्मिक अवतरण गराइएको प्राप्त समाचारहरुमा उल्लेख गरिएको छ ।

उक्त ९ एनएजेसी नम्बरको उक्त विमानमा रहेका २९ मध्ये २६ यात्रु र ३ जना चालक दलका सदस्य सबै सकुशल रहेका छन् ।

यसअघि केही दिन अघि मात्रै काठमाडौँबाट लुक्लाको लागि उडेको सीता एयरको एक विमान दुर्घटना हुँदा विदेशी तथा स्वदेशी नागरिक गरी १९ जनाले ज्यान गुमाएका थिए ।

उक्त दुर्घटनाको कारण पुष्टि भई नसकेको भए पनि चिलसँग ठोकिएर भएको बताइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।