कतार – विश्व साइकल यात्री साईकल सौरब दाहालले १ अक्टोबरबाट पुन यूरोपियन राष्ट्रको यात्रामा फर्कने भएका छन् ।
जर्मन यात्रामा रहदा उनको भिसा अबधि सकिएपछि थप भिसा लगाउन उनी एक साता अघि दोहा आएका थिए जर्मनमा रहेको नेपाली राजदुत आवासको विशेष पहलमा दोहा इस्थित जर्मनी राजदुतआवासले दाहाललाई यूरोपको मल्टि प्रपोज भिसा उपलब्ध गराएको छ ।
दाहाल अब ३ महिना सम्म यूरोप को २६ राष्ट्रको यात्रा गर्ने छन । भगवान गौतम बुद्ध नेपालमा नै जन्मेका हुन् भन्ने सन्देशको साथ बाताबरण सफा सुन्दर राख्न साइकल को प्रयोग संसारमा धेरै गरौ भन्ने आवाज साट्दै दाहाल बिगत २००७ बाट विश्व साइकल यात्रामा छन । उनले ५२ राष्ट्रको यात्रा पुरा गरिसकेका छन ।