हिन्दु महिलाहरुले स्वदेशमा मात्रै होइन विदेशमा पनि रमझमका साथ तीज मनाए÷मनाईरहेका छन् । प्रदेशमा भने कस्तो रह्यो तीज हामीले विभिन्न अनलाइनहरुबाट संकलन गरेका छौँ :
अमेरिका – तीजकै अवसर पारेर अमेरिकाका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले धर्मपत्नी कल्पना शर्मालाई समेत सहभागी गराई आफ्नै सरकारी निवासमा विगत वर्ष जस्तै यस वर्ष पनि तीज मनाए ।
तीज सकिएपछि दूतावासले एक औपचारिक प्रेस विज्ञप्ति नै निकालेर राजदूतको निवासमा अमेरिकी विदेश मन्त्रालयका पदाधिकारी, विभिन्न विश्वविद्यालयका प्राध्यापक एवं बौद्धिक क्षेत्रका व्यक्तिहरु र पत्रकारहरुको उपस्थितिमा तीज मनाएको जनाएको छ ।
तर दूतावासले औपचारिक नै भनेको तीजमा विज्ञप्तिमा उल्लेख गरे जस्तो स्थानीय नेपाली पत्रकारहरु चाहिं खासै कोही नदेखिएको सहभागी एक महिलाले जानकारी दिएकी छिन् ।
न त त्यहाँ नेपाली आप्रवासी पत्रकारहरुको संगठन नेपाल अमेरिका पत्रकार संघका कोही सदस्य एवं पदाधिकारीहरुलाई आमन्त्रण गरियो न त अरु स्थानीय संचारकर्मीहरुलाई नै विगत जस्तो निम्तो गरियो । तैपनि दूतावासले विज्ञप्तिमा भनेको छ, पत्रकारहरुको पनि उपस्थिति थियो । जे होस् गत शुक्रवार साँझ दूतावासले आयोजना गरेको तीजमा डिसी मेट्रो क्षेत्र वासिंगटन डिसी,भर्जिनिया र मेरिल्याण्डका केही महिलाहरु सहभागी थिए ।
बाल्टिमोरमा तीज कार्यक्रम
बाल्टिमोर – हिन्दू महिलाहरुको महान चाड हरितालिका (तीज) का अवसरमा यहाँ रहेका नेपाली महिलाहरुले पनि दर खाने कार्यक्रम गरेर तीज मनाएका छन् । हालै गठित पर्वत मोदी काली समाजले आइतवार साँझ यहाँ आयोजना गरेको तीज कार्यक्रममा सो समाजसंग आवद्ध सदस्य एवम शुभेच्छुक महिला र उनीहरुका परिवारजनको सहभागिता रहेको थियो ।
समाजका अध्यक्ष दुर्गाप्रसाद श्रेष्ठ लगायतका पदाधिकारीहरुको सक्रियतामा आयोजित कार्यक्रममा सहभागी महिलाहरु खानाका विभिन्न परिकार र तीज गीतमा नाचेर रमाइलो गरेका थिए । अमेरिकाका विभिन्न शहरमा रहेका नेपाली महिलाहरुले पनि आफुहरु बसेको ठाउँमा यसैगरी तीज मनाई रहेका छन् ।
जर्मनी: हरितालिका तीज गेल्सेंन किर्खेंन जर्मनीमा
जर्मनी – जर्मनीको गेल्सेंन किर्खेन स्थित लालीगुराँस परिवार (संस्था)ले आफ्नो महिला सदस्यहरुलाई स्थापना कालबाटै हरितालिका तीजको उपहार प्रदान गर्ने चलन अनुसार यस पटक पनि हरितालिका तीज २०६९ को उपहार प्रदान गरेको छ।
अनुकुल मौसमको कारण गेल्सेंन किर्खेंनको स्टड गार्डेनमा मिति १० सेप्टेम्बर २०१२ मा आयोजाना गरिएको उक्त कार्यक्रममा अध्यक्ष श्री यादब सुब्बा ज्यू को अनुपस्थितिमा उपाध्यक्ष श्री हरि अर्याल ज्यू को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा भुतपूर्ब अध्यक्ष द्वय श्री हर्क भुजेल, श्री राम बहादुर राई, तथा भूत पूर्व सचिब श्री प्रकास शर्मा र श्री जनक पाठक ज्यू तथा अन्य सदस्य ज्यूहरु र बालबालिकाहरुको पनि बाक्लो उपस्थिति रहेको थियो भने कार्यक्रममा चेलीबेटीहरुको नाच गान र मनोरञ्जनमा मात्र केन्द्रित रहेको हुँदा मन्तब्य ब्यक्त गर्ने कुरो भने भएन। चेलीबेटीहरुले आ-आफ्नो घरबाट बनाएर ल्याएको परिकारहरु खाँदा ठ्याक्कै दर खाएको भन परेको थियो ।
जापान
जापानको फुकुओकामा तीजको दरखाने तथा साँस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न। Video by Bharat Gautam
हङकङमा तीज कार्यक्रम
सन साइन सैलुन परिवार हङकङको आयोजनामा हङकङमा हरितालिका तीज पर्व धुमधामका साथ सम्पन्न । भिडियो : लक्ष्मण गुरुङ